काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफुले सम्मानजनक बहिर्गमन चाहेको बताएका छन् । आइतबार आन्दोलनरत न्यायाधीशहरुद्धारा गठिन वार्ता टोलीसँग छलफल गर्दै प्रधानन्यायाधीश राणाले षड्यन्त्र गरेर हटाउन खाजिएको भन्दै आफुले संबैधानिक र सम्मानजनक बिदाई चाहेको बताएका हुन् । प्रधानन्यायाधीशले पदको गरिमा राख्न नसकेको भन्दै सर्वोच्चका १७ न्यायाधीशसहित नेपाल बार एसोशिएन र अन्य कानुन व्यवसायी आन्दोलनमा उत्रिएका…