काठमाण्डु – प्रदेश १ को मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् । राईले सोमबार प्रदेशप्रमुख सोमनाथ अधिकारी 'प्यासीसमक्ष ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि रिक्त पदका लागि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने…