काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने बताएका छन् । शनिबार बिहान विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रदेश १ को सरकारबाट एमाले चाँडै बाहिरिने दाबी गरेका हुन् । उनले मुख्यमन्त्री भीम आचार्यको छिट्टै बहिगर्मन हुने र एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार…