काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्राे ग्रहदशाबाट प्रधानमन्त्री नभएको भन्दै शेरबहादुर देउवालाई व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू जनताको मतबाट प्रधानमन्त्री भएको भन्दै राम्राे ग्रहदशाले प्रधानमन्त्री नबनाएको बताए । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीको…