काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अोलीले अन्य राजनीतिक दलहरुसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद चलिरहेको अवस्थामा संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने…