भागबन्डाले गठबन्धनभित्र लफडा, राेजेको मन्त्रालय नपाए सरकारमा नजाने माधव–उपेन्द्रको चेतावनी

काठमाण्डु – मन्त्रालयको भागबन्डालाई लिएर सत्तारुढ गठबन्धनभित्र विवाद उत्पन्न भएको छ । पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथ ग्रहण गरेको ८० दिन बितिसक्दासमेत मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । आइतबार बिहान र साँझ बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा…