काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले सरकारमा जाने मन्त्रीको नामावली टुंगो लगाउने नेता देवेन्द्र पौंडेलले बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ । अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ । माओवादीले…