काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनेबारे छलफल हुनेछ । हिजो बसेको स्थायी समिति बैठकले आइतबार सरकारमा जाने मन्त्रीहरूबारे छलफल गर्ने निर्णय गरेको थियो । यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।…