काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न उनले बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय…