काठमाण्डु – नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताएको छ । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले दलसम्बन्धी कानुनी जटिलता हटेपछि मात्रै मन्त्रिमण्डल विस्तारका लागि अघि बढ्ने निर्णय गरेको हो । माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र…