भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै मुलुकको विकास र समृद्धि सम्भव : नेता गुरुङ

दमौली - नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् । माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको बताए । भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै…