परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु – नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा खड्कालाई परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९)बमोजिम कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी…