काठमाण्डु – नेपाल बुद्धिजीवी परिषद्ले नेकपा एमालेलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिको विश्लेषण गर्दै परिषद्ले पुराना नेताहरूले अभिभावकीय भूमिकामा रहेर नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको हो । तत्कालै महाधिवेशन गर्न सम्भव नभएकाले आसन्न केन्द्रीय कमिटी बैठकबाटै यथाशीघ्र नेतृत्व हस्तान्तरणको निर्णय लिन परिषद्ले सुझाव दिएको छ । परिषद्को सचिवालय…