काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई जबरजस्ती विवादमा तान्न नहुने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सेनाले संविधानमा भएको अधिकार र सरकारले दिएको जिम्मेवारी पूरा गरे पनि जबरजस्ती विवादमा ल्याउने कोसिस भइरहेको बताएका हुन् । राष्ट्रिय सुरक्षा र अप्ठ्यारा विकास निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै प्रधानमन्त्री…