उपेन्द्र यादवले बोलाए केन्द्रीय कार्यकारिणी बैठक

काठमाण्डु - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका छन् ।  पार्टीभित्र विवाद चर्किएका बेला अध्यक्ष यादवले असार ३ गते बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन् । उक्त बैठकबाट महत्त्वपूर्ण निर्णय गरिने बुझिएको छ । यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो…