काठमाण्डु – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल छलफलमा जुटेका छन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन नेतृत्वलाई निकै हम्मे परिरहेका बेला दुई शीर्ष नेताबीच छलफल सुरु भएको हो । नेतृत्वले महाधिवेशनको संघारमा सदस्यता विवाद नै टुंगो लगाउन नसेकेपछि पार्टी कार्यालयमा दिनहुँ धर्ना र विरोध प्रदर्शन भइरहेको छ…