फुट्यो एमाले, नेपाल समूहबाट नेकपा एमाले (समाजवादी ) दल आयोगमा दर्ता

काठमाण्डु – नेकपा एमाले विभाजन भएको छ । माधव नेपाल समूह एमालेबाट छुट्टिएर गएपछि पार्टी औपचारिक रुपमा विभाजन भएको हो । नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेको छ । नेपाल समूहले नेकपा एमाले (समाजवादी ) दल आयोगमा दर्ता भएको नेता मेटमणी चौधरीले जानकारी दिए । चुनाव चिन्ह खुला किताब पाएको उनले बताए ।