धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन् । सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी…