काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम खुमलटार पुगेका थिए । संसद पुनःस्थापनापछि उपाध्यक्ष गौतम प्रचण्डलाई एकता प्रस्ताव राख्न गएको उनका प्रेस संयोजक विश्वमणी सुवेदीले काठमाण्डुपाटीलाई बताए । उनले संसद पुनःस्थापना भइसकेकाले पार्टी एक भएर जानुपर्ने…