निर्वाचन आउन ५३ दिन बाँकी : सामाजिक सञ्जालमा पनि आचारसंहिता

काठमाण्डु - निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधि पनि आचारसंहिताको दायरामा ल्याएको छ। आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जालमा अकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ। आचारसंहिताले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी वा…