कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल-विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्

काठमाण्डु - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।फागुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तन र रूपान्तरणका…