काठमाण्डु – सरकारले पूर्व प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुको सुरक्षा व्यवस्था कटौती गरेपनि संवैधानिक निकायका पदाधिकारीहरुको भने विशेष सुरक्षा व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त, आयुक्त र सर्वोच्च अदालतका न्यायाधीशका कामकारबाहीमा दबाब र असर पुग्ने गरी सडकमा दैनिकजसो प्रदर्शन हुन थालेको भन्दै नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको हो । दैनिकजसो सडकमा हुने प्रदर्शनका कारण उत्पन्न हुनसक्ने…