जसपा विवाद उत्कर्षमाः सहमतिमा छुट्टिने नेताहरुको तयारी

काठमाण्डु – जनता समाजवादी पार्टी विभाजनकोे अवस्थामा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्षद्वय उपेन्द्र यादव–डा. बाबुराम भट्टराईबीचको विवादका कारण जसपा विभाजनको डिलमा पुगेको हो । ठाकुर समूहले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा जान सहमत हुने र उपेन्द्र–बाबुराम समूहले विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी हुने…