एमसीसीलाई बजेट छुट्याएकोमा भीम रावलको आपत्तिः ‘लम्पसारवादी कुकार्यको विरोध गरौँ’

काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई बजेट छुट्याएको आपत्ति जनाएका छन् । आइतबार ट्वीटमार्फत नेता रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । उनले एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन भएको बताएका छन् ।…