महिला वकिललाई गृहमन्त्रीले भनेः भागिरथीको घटना निर्मलाको जस्तो जटिल छैन्

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी भागिरथी भट्टका हत्यारा नजिक पुगेको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुलाई मन्त्री बादलले घटनालाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रहरी अपराधी नजिक पुगेको बताएका हुन् । कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनाको जस्तो कमजोर अनुसन्धान नगर्न पनि ध्यानाकर्षण गराए । जवाफमा गृहमन्त्री…