काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाण्डु जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन् । पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक…