राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । बिहीबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो । राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरूलाई कारवाहीको माग समेत गरेको छ ।