सरकारले भन्योः निर्धक्क भएर यातायात सञ्चालन गर्नू, जबरजस्ती गरे कारबाही हुन्छ

काठमाण्डु – सरकारले बिहीबारको नेपाल बन्दको प्रभाव नपर्ने भन्दै यातायात र व्यावसाय सञ्चालन गर्न आग्रह गरेको छ । बुधबार गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले एक विज्ञप्ति जारी गर्दै यातायात, व्यवसाय, उद्योगमा अवरोध गरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् । ‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा…