काठमाण्डु– बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आज (बुधबार)औपचारिक रूपमा राजीनामा बुझाएका छन्। जेनजी आन्दोलन तीव्र बनेपछि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई पत्रमार्फत राजीनामा बुझाएका हुन्। पत्रमा उनले भनेका छन्, “नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिएको छु।” देश शोकमा डुबेको…