ओलीको तर्फबाट माधव नेपाल मनाउने जिम्मा भीम रावललाई

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः पार्टी विवाद समाधानका लागि सहमत भएका छन् । आफु निकटका दोस्रो तहका नेताहरुको निकै लामो प्रयासपछि पार्टी विवाद सुल्झाएर अगाडी बढ्न अध्यक्ष ओली सहमत भएका हुन् । विभाजनको डिलमा पुगेको एमालेलाई एकढिक्का बनाउन ओलीले अग्रसरता देखाएका छन् । पार्टी विभाजित हुँदा पार्टीले ठुलो नोक्सानी बेहोर्नुपरेको उल्लेख…