काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना पहिलो प्राथमिकता रहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो बताएका हुन् । उनले भने, ‘हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि हो । पहिलो प्राथमिकता संसद पुनःस्थापना हुनुपर्छ भन्ने हो ।’ उनले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन…