काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको हुर्मत लिने काम नगर्न पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायापालिकाको हुर्मत नलिन प्रचण्डलाई चेतावनी दिएका हुन् । ‘स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तअनुसारको मर्यादित न्यायापालिका जहाँबाट न्याय पाउँछौं भन्ने जनताले विश्वास लिएका छन्…