नवनियुक्त प्रधानमन्त्री देउवाले लिए सपथ

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको ग्रहण गरेका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई मंगलबार दिउँसो प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।