काठमाण्डु – सर्वोच्च अदालतको फैसलाबारे नेकपा एमाले नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सोमबार अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एमालेका नेताहरुको मिश्रित प्रतिक्रिया आएको हो । एमाले नेता योगेश भट्टराईले सर्वोच्च अदालतको संवैधानिक बेन्चले प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान गरेका छन् । ‘सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको…