काठमाण्डु – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शससेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको संवैधानिक इजलासले संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश जबरा नेतृत्वको ५ सदस्यीय इजलासमा यही असार…