काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड र माधव समूहले कार्यदल गठन गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेश, जिल्ला र स्थानीय स्तरका सांगठनिक पदाधिकारीहरुको कार्यविभाजनबारे काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको हो ।…