काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् । बल्खुस्थित नेकपा एमाले केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका प्रधानमन्त्री ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताए । ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं । सम्झाउने र सच्याउने प्रयास छ । हामीले पार्टीमा…