भ्रष्टाचारको मतियारमा दोषी ठहर गुरुङले मनाङबाट जिते चुनाव

काठमाण्डु – भ्रष्टाचार मुद्दाको मतियारमा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले २ हजार ४१५ मत ल्याएर विजयी हुँदा नेकपाकी यशोदा सुवेदीले ४४६ मत प्राप्त गरिन् । भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडा अनियमिततामा भ्रष्टाचारी ठहर भएका गुरुङले सांसदको शपथ ग्रहण भने गर्न…