काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुस्तामा भारतीय सीमा बल प्रवेश गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको संसद् बैठकको आकस्मिक समयमा उनले भारतीय सीमा बल सुस्ता पसेको भन्दै रक्षामन्त्रीको खोजी गरेका हुन् । उनले भारतीय सेनाले नेपालीलाई धम्क्याउँदा नेपालका रक्षामन्त्री कहाँ छन् भन्ने प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख…