काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसका दिनमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले…