काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षीय केन्द्रिय कमिटी बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले पार्टीको प्रवक्ताबाट श्रेष्ठलाई हटाएर अबको नेकपाको प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई दिएको हो । नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–नेता माधव नेपाल…