नेता पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । १४ औं महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले बिहीबार दिउँसो २ बजे केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवासहितका नेताहरुले महाधिवेशन केन्द्रीत भएर छलफललाई तिव्रता दिएका बेला नेता पौडेलले पनि सक्रियता देखाएका छन् । सभापति देउवाले यसअघि सातवटाा…