‘दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य’

काठमाण्डु – विवेकशील साझा पार्टीले दण्डहीनतालाई प्रश्रय दिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य रहेको बताएको छ । बिहीबार पार्टी प्रवक्ता शरदराज पाठकले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति गम्भीर ध्यानाकर्षण भएको…