काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको घटना अप्रत्यासित र आकस्मिक नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको विघटन गर्नु आफ्नो रहर नभएर वाध्यता भएको बताउँदै यसको कारण नेकपाकै आफूविरोधी नेता भएको जिकिरसमेत गरे ।…