काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । आज दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठक अगाडि नेता नेम्वाङले आइतबार बिहान प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दूतको रुपमा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।…