राजीनामा दिँदै दीपक मनाङेले भनेः वैकल्पिक सरकार निर्माणमा सहयोग गर्छु

काठमाण्डु – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेशसभा विघटनको संघारमा पुग्ने स्थिति रहँदा जनताको विश्वासको थलो संसदलाई जिवित राख्नु जनताप्रति उत्तरदायी जनप्रतिनिधिको नैतिक उत्तरदायित्व…