भीम रावलको आक्रोशः प्रधानमन्त्री निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाएको हो ?

काठमाण्डु – नेकपा एमालेबाट निष्काशनमा परेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको खोप कूटनीतिलाई संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् । सोमबार ट्वीटरमार्फत नेता रावलले कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् । ‘कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण…