महासचिव पौडेलको प्रस्तावः हामी ९ जनाले नै राजीनामा दिएर नयाँ पुस्तालाई सचिवालयमा ल्याऔं

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् । बुधबार बसेको सचिवालय बैठकमा सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका हुन् । उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन्…