काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकार लागि परेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री ढकालले सरकारले भरसक लकडाउन लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका हुन् । उनले भने, ‘विगतको कहालीलाग्दो अवस्थाले फेरि पनि झकझकाइरहेको छ…