काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा सभामुख सापकोटाले पाँच जना पूर्वसभामुखहरुसँग संसद विघटनलगायतका विषयहरुमा छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बताएका थिए । पूर्वसभामुख रामचन्द्र पौडेलले संसद विघटनलगायत संसद पुनःस्थापना भएपछि मात्रै बजेट ल्याउनुपर्ने विषयमा छलफल भएको बताए । उनले अध्यादेशमार्फत बजेट…